श्री गनेशय नम

Deurali

Sunday, February 17, 2008

घार गाउको छोटो परिचय



म्याग्दी जिल्लाको उत्तरी खान्ड्मा दस गा बि स छन ।यि दस् मध्यको घार गा बि स एक हो ।यो गाउ अन्नपूर्ण र निल गिरी हिमालको काखमा रहेकोछ । यो गाउको ओरिपारी अरु गाउ हरु छन ।यि अन्य गाउहरुमा मगर जाती हरुको बसोबास् छ ।घार गाउमा भने छेत्री जतिहरुको बसोबासछ यो गाउमा बरुवाल र खड्का थरका छेत्रीहरु धेरै छन भने केही मात्रमा कार्की ,भण्डारी,र खत्री पनि छन यो गाउको ओरिपारी चारतिर मठ्-मन्दिर रहेक छन यो गाउको पूर्वपट्टी गणेश भगवानको मन्दिर छ ।पश्चिमतिर भुमेदेवता रहेका छन । दक्षिणको डाडामा भगवान् शिव को मन्दिर् छन।उत्तरमा नर्सिंह भगवानको अत्यन्त सुन्दर् मन्दिर छन । गाउको बिचमा देवी माताको बिशाल मन्दिर छ । यसरी यो गाउ बिभिन्न देवी-देवताहरुको मठ्-मन्दिरले सुसज्जित छ । यहाँका मनिषहरु कृषि पेशाम नै निर्भर छन भने युबाहरु बिदेश तिर देखिन्छन । यो गाउमा शिक्षाको कुरा गर्ने हो भने अगाडि नै देखिन्छ यहाँ गाउलेहरुको प्रयासमा १०+२ बि स२०५९मा स्थापना गरी कम्पियुटर शिक्षाको समेत ब्यबस्था गरियकोछ यो मुक्ती मार्ग उच्च माबी मा यो गाउ बहेक ओरिपरिका गाउ शिख, पाउद्वार्, खिबाङ्ग ,घोरेपानी, चित्रे फलाटे र तातोपानीका विद्यार्थीहरुले अध्ययन गरी लाभन्बित भएकाछन ।हालसाल मात्र यो गाउमा मोटर बाटोले पनि छोएकोछ ।

No comments: