
मुक्तिनाथ मन्दिर संसारमा नै प्रसिद्द मन्दिर मध्य एक मा पर्दछ । यो मन्दिर मुस्ताङ जिल्लामा पर्दछ पौराणिक कथा अनुसार यहाँ भगवान शिवले आफ्नी आगोमा हाम फाली मरेकी श्रीमती सत्यदेवीको मृत शरिर बोकेर पत्नी बियोगमा जहाँ पायो त्यतै भौतरिदा सत्यदेवीको शरिर कुहिएर झर्दै जादा यो ठाउमा मुख झरेको थियो रे र यहाँ शिव शक्ती उत्पन्न भएर इश्वोरिय रुपमा रहनु भएको हो भन्ने भनाइ छ । यहाँ देश र बिदेशका बिभिन्न तिर्थ यात्री वा पर्यटकहरु बर्षको हजरौको सङ्ख्यामा आउने र दर्शन गर्ने गर्छन । यहाँ पानीका धारा १०८ वटा छन ।यहाँ मन्दिर को दर्शन गर्दा यि १०८ धारा को पानीले नुहाइ शुद्द भएर जानुपर्छ । यि धाराहरु गाइका मुखबाट झरेका छन । हाम्रो हिन्दू धर्म अनुसार मुक्तिनाथ भगवान को दर्शन गरी श्रद्धा (पृती पिन्डा) दियो भने पृतिहरु स्वर्ग जान्छन भन्ने धार्मिक कथन भएकोले हरेक बर्ष १६ शरदमा र अघी पछि पनि धेरै मानिषहरु जाने र दर्शन गर्ने अनि पृती पिन्ड दिने गर्छन । यहाँ हिउदको समयमा हिउ परिरहने भएकोले जान अलि मुस्किल हुन्छ ।
No comments:
Post a Comment