श्री गनेशय नम

Deurali

Sunday, January 13, 2008

रगत खाने मेला



सुन्दा त अचम्म लाग्छ यो मेला मुस्ताङ जिल्ला का बिभिन्न हिमाली पाखा वा लेकाली बुग्यानहरुमा बर्सेनि लाग्ने गर्छ । मुस्ताङका प्राय ठाउँहरुमा बाह्रै महिना हिउ हुने र जाडो हुने गर्छ । त्यसैले यो ठाउँ मा खेती धेरै गरिदैन , केही लेकमा हुने बालीहरु फापर, जौ र फलफुलमा स्याउ हुने गर्छ । यहाँको मुख्य पेशा भनेको बेपार र पशुपालन हो । पशुहरुमा याक (हिमालि गाइ), भेडा घोडा खच्चाड आदी पालिन्छ । यि सबै पशु मध्यमा याक बाह्रै महिना जाडो मा बस्ने जनाबर हो । यस्को सिङ लामो ठडो र तिखो हुन्छ यस्को शरिरमा लामा झपटा हुन्छ यि सबै पशु मध्यमा याक बाह्रै महिना जाडो मा बस्ने जनाबर हो । भिर अनि अफ्ठ्यारामा पनि हिंड्न सक्छ। यस्ले हिमालि जडिबुटिहरु खाने भयकोले यो निरोगी र बलियो हुन्छ । यस्को रगत खाए पछि मानिस् हरुको धेरै रोग निको हुने हुनाले हरेक बर्ष सयौ मान्छेहरु यि हिमालि कन्टार तिर उकालो लाग्छन । यो मेला साउन महिनाको १ गते बाट सुरु हुन्छ र २०गते समाप्त हुन्छ । जादा उकालो बाटो भिर अनि झरि लेकाली जुका र लेक लाग्ने (हाइलाग्नु) जस्ता समस्या झेल्दै धौलागिरी र निलगिरी हिमाल को नजिकै काखमा पुगिन्छ । त्यहाँ पुगेपछि हिमाली हावा, लेकाली फुलहरु, याकहरु चरिरहेको, भेडाहरु कराउदै यतउता घुमिरहेको दृस्य देख्दा एउटा छुट्टै रमाइलो को आनन्द आउछ । याकको खुन(रगत) खाएर आफ्नो शरिरका जस्तै-ग्यास्टिक, बाथ र अन्य रोगहरु निको पार्न भनि गएका बिभिन्न ठाउँका मनिषहरु एक-अर्कामा चिनाजानी गर्दै त्यहाँको जाडो खाँदै गफ गर्दै गरेको देखिन्छ । याकको खुन (रगत) बेच्ने याक का मालिकहरु अनि गोठलाहरु ति गएका पाहुनाहरुको बासगासको ब्यवस्था राम्रो सँग मिलाउन तल्लिन देखिन्छन । बिहान र बेलुका गरी दिनमा २ पटक १० देखि १२ वटा याकहरुको घाटिमा सानो प्वाल पारी एउटा याकको घाटिबाट ३०,३५ कप (गिलास) खुन निकालीन्छ । यसरी निकाल्दा मानिसहरु त्यो याकको घटिबाट झरिरहेको रगतको धारोमा आफ्नो गिलास थाप्न दिन्छ्न, भरियपछि रगत जम्न नदिइकन पियर मुख रातो पार्दै नजिकैको खोला तिर गएर गिलास धुने र मुख कुल्ला गर्ने अनि खाएको रगत पाचन गर्नको निम्ती माथि उकालो तिर दुगुर्ने गर्छन । अनि भट्टितिर गएर रक्सी र मासु खाँदै जुवा र तास खेल्ने अनि दोहोरी गाउने र नाच्ने, रमाइलो गर्ने गर्छन । यसरी त्यहाँ हप्ता दस दिन बसेर दिनहु खुन खाएर फर्किन्छ्न । म पनि यो मेलामा गएर याक को खुन खाइ आफ्नो ग्यस्टिक र शरिर झमझमाउने रोग निको भएको कुरा तपाईंहरु लाई बताउदै, एक पटक सक्नुहुन्छ भने जानुहोस । अनुभव लिनुहोस । धन्यबाद ।

1 comment:

Unknown said...

hoina bro yesto mela pani huncha ra ? Achamma lagyo ta hau yo ragat khane mela sunera.Ra k sachi nai yesto janawar ko ragat piyera bimar thick huncha ta? Any way lekh ramryo lagyo thats all.